१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपेन्द्र यादव : गठबन्धनमा आए लोसपालाई स्वागत गर्छौं



फाइल फोटो
अ+ अ-

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पाँच दलीय सत्ता गठबन्धनमा सहभागी भए स्वागत गर्ने बताएका छन् ।

जनकपुरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले लोसपालाई पाँच दलीय गठबन्धनमा स्वागत गर्न आफूहरु खुला रहेको बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनमा सहभागी गराउन लोसपाका नेताहरुसँग छलफल अगाडि बढाइरहनुभएको छ ।

मधेशको मत बाँडिदा मधेशलाई नै नोक्सान हुने भन्दै अध्यक्ष यादवले वर्तमान अवस्थामा फुटेर नभई जुटेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए । यद्यपि अब हिजोको गल्ती सच्याएर बढ्नुपर्ने उनको भनाइ थियो । मंगलबार जनकपुरमै आयोजित एक कार्यक्रममा उनले लोसपाका नेताहरुलाई एकतामा आउन आह्वान गरेका थिए ।

नाफा घाटाको हिसाब नहेरी पाँच दलीय सत्ता गठबन्धन आगामी प्रदेश र संघीय निर्वाचनसम्म कायम रहनुपर्ने उनको भनाइ थियो ।