१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं महानगरमा कार्यपालिका सदस्य चयन गर्न आज मतदान हुँदै



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगर कार्यपालिकाको ८ सदस्यका लागि आज मतदान हुँदैछ ।

कूल ४२ सदस्यीय काठमाडौँ महानगरपालिकाको कार्यपालिकामा आज ८ सदस्यका लागि मतदान हुँदैछ । काठमाडौँ महानगर प्रमुख, उपप्रमुख र ३२ वटा वडाका अध्यक्ष कार्यपालिकाका पदेन सदस्य हुनेछन् । काठमाडौं महानगरपालिकाको कार्यपालिका ४२ सदस्यीय हुनेछ ।

आठ कार्यपालिका सदस्यका लागि प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडासदस्यगरी कूल १६१ ले मतदान गर्नेछन् । कूल १६१ मध्ये नेपाली कांग्रेसबाट ९३ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । यस हिसाबले सबै आठ सदस्यमा नेपाली कांग्रेसले जित्ने निश्चित छ ।

यद्यपि स्थानीय तहको निर्वाचनमा कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले तालमेल गरी उम्मेदवारी दिएकाले नगर कार्यपालिकाको सदस्यमा पनि तालमेल गरेर उम्मेदवारी दिएका छन् । माओवादी केन्द्र र एकीकृत समाजवादीलाई एक÷एक सदस्य दिइएको छ भने कांग्रेसले छ सदस्य लिएको छ ।

महानगरपालिकाको १६१ जनप्रतिनिधिमध्ये एकीकृत समाजवादीको पाँच जनप्रतिनिधि रहेका छन् । तालमेल गर्दा सत्ता गठबन्धनको कूल ९८ जनप्रतिनिधि रहने छन् । नेकपा (एमाले) का ६२ र एक जना महानगर प्रमुख बालेन साह स्वतन्त्र हुन् ।