२० मंसिर २०८२, शनिबार
,
Latest
यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यव्यवस्था परामर्श समिति बैठकः बुधबारको संसद बैठकदेखि शुन्य समयलाई पनि निरन्तरता दिइने



प्रतिनिधिसभा बैठक
अ+ अ-

काठमाडौँ । कार्यव्यवस्था परामर्श समितिको बैठकले बुधबारको प्रतिनिधि सभा बैठकदेखि शुन्य समयलाई पनि निरन्तरता दिने निर्णय गरेको छ ।

मंगलबारको कार्यव्यवस्था परामर्श समितिको बैठकले बुधबारको प्रतिनिधि सभा बैठकदेखि शुन्य समय पनि सञ्चालन गर्ने र बजेट पारित भइसकेपछि विशेष समय पनि सञ्चालन गर्ने निर्णय गरेको हो । त्यसैगरी ठुला मन्त्रालयहरुको विनियोजन विधेयकमाथि छलफल गर्नका लागि पर्याप्त समय छुट्याउने निर्णय गरेको संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘मन्त्रालयहरुको विनियोजन विधेयकमा मन्त्रालयगत जुन छलफल चल्नेछ । त्यो छलफललाई व्यवस्थित गर्नेगरी कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल भयो । त्यसैगरी शुन्य समय र विशेष समय सञ्चालन गर्नको लागि पनि आजको एजेण्डामा छलफल भएको छ । भोलीदेखि सम्भवत्ः शुन्य समय निरन्तर अगाडी बढ्छ । यो बजेट पास भइसकेपछि र बजेटको कार्यक्रम सकिइसकेपछि अनि विशेष समयलाई पनि सञ्चालन गर्ने भन्नेकुरा समझदारी बनेको छ । मन्त्रालयगत छलफललाई व्यवस्थित बनाउनका लागि ठुला–ठुला मन्त्रालयहरुको छलफलको समय अभाव भयो भन्ने माननीय सदस्यहरुको माग जुन छ, त्यसको लागि मन्त्रालयको संख्या घटाउने । र दिनमा समय लम्व्याउने । लामो समयसम्म छलफललाई उपलब्ध गराउने भन्नेखालको समझदारी बनेर आज टुंगिएको छ ।’

मंगलबारको प्रतिनिधि सभा बैठक सुरु भइसकेको छ ।