६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार समक्ष लोसपाको ११ बुँदे ज्ञापनपत्र, रेशम चौधरीको रिहाईको माग



तस्वीरः प्रम कार्यालय
अ+ अ-

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले ११ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर लोसपाका नेताहरूले नागरिकता विधेयक, मधेस तथा थरुहट आन्दोलनकारीमाथि लागेका मुद्दा फिर्ता र रिहाइ तथा सम्झौता कार्यान्वयन लगायतका माग समेटिएको ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा संविधानअनुसार जन्मसिद्ध नागरिकका सन्तानलाई अबिलम्ब नागरिकता प्रमाणपत्र प्रदान गर्न र वैवाहिक अंगीकृतसम्बन्धी हालसम्म कायम रहेको कानुनी व्यवस्थालाई निरन्तरता दिन माग गरिएको छ ।

त्यस्तै, मधेस र थरुहट आन्दोलनकारीमाथि लगाइएका मुद्दा फिर्ता र निलम्बित सांसद रेशम चौधरीलाई रिहाइको माग गर्नुका साथै किसानलाई मलखादको व्यवस्था अविलम्ब गर्न सरकारसँग माग गरेको छ ।

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन अध्यक्ष ठाकुर, नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, लक्ष्मणलाल कर्ण, अनिल झा, उमाशंकर अरगरिया, चन्दा चौधरी लगायत बालुवाटार पुग्नु भएको थियो ।

प्रधानमन्त्री देउवासँग केही दिनअघि जसपा अध्यक्ष महन्थ ठाकुरले बालुवाटारमै गएर भेटघाट गर्नु भएको थियो । पछिल्लो समय लोकतान्त्रिक समाजवादी पार्टीसँग प्रधानमन्त्री देउवाको बाक्लै भेटघाट र वार्ता हुनेक्रम बढेको छ । खासगरी सत्ता गठबन्धनमा सहभागी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले आफ्ना मागहरु बढाउन थालेपछि लोसपासँग वार्ताहरु घनीभूत हुन थालेको जानकारहरु बताउँछन् ।