६ पुष २०८२, आईतवार
,
Latest
तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले पुनः फुटको संघारमा, घनश्यामसहितका केन्द्रीय सदस्य विद्रोहका लागि तयार



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) फेरि फुटको संघारमा पुगेको छ । पार्टीको अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भुसालमाथि कारवाहीका लागि प्रक्रिया अगाडि बढाएपछि भुसालले पार्टीबाट विद्रोह गर्ने तयारी गरेका छन् ।

स्थानीय तहमा नराम्ररी क्षति बेहोर्नुपरेपछि भुसालले पार्टीको नेतृत्व गरेका केपी शर्मा ओलीले आत्मालोचनासहित बाम एकताका लागि आह्वान गर्नुपर्ने वा पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने प्रस्ताव तयार गरिसकेको बताइएको छ ।

नेता भुसालले पार्टीको बैठकमा ती दुई विकल्पसहितको प्रस्ताव प्रस्तुत गर्ने सूचना पाएपछि अध्यक्ष ओलीले केशव बडालमार्फत अनुशासनको कारवाही अगाडि बढाएको बताइएको छ ।

कारवाहीस्वरुप सम्भवतः भुसाल पार्टीबाट निष्काशित हुनसक्छन् । उनले त्यसको आकलन गरेर नै पार्टीबाट विद्रोह गर्ने पूर्वतयारी गरेका छन् । उनको साथमा एमालेका ३० जनाभन्दा बढी केन्द्रीय सदस्य रहेको बताइएको छ । योगेश भट्टराईले उनलाई साथ दिने वा नदिने स्पष्ट छैन । यदि भट्टराईले भुसाललाई साथ दिए विद्रोह गर्ने केन्द्रीय सदस्यको संख्या ५० जति पुग्ने जनाइएको छ ।

विगतमा माधव नेपालको साथमा रहेका नेताहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, भीम आचार्य, रघु पन्त ओलीको पेलाइमा पर्दै गएकाले उनीहरुले पनि विद्रोहमा भुसाललाई साथ दिने सम्भावना छ । उनीहरुले बाम एकताका लागि ओलीलाई दबाव दिँदै आएका छन् ।