६ पुष २०८२, आईतवार
,
Latest
तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाजुरामा प्रजिअ, सुरक्षाकर्मीको नेतृत्व र निर्वाचन अधिकृत फेरिए



अ+ अ-

काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिकाको निर्वाचन प्रयोजनका लागि नयाँ निर्वाचन अधिकृत तोकिएको छ । यही जेठ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचन अयोगले तयारी थालेसँगै नयाँ निर्वाचन अधिकृत पठाइएको हो ।

साथै प्रमुख जिल्ला अधिकारी र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका प्रमुखलाई पनि परिवर्तन गरिएको छ ।

सो नगरपालिकामा गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचन विवादित भएपछि आयोगले नयाँ निर्वाचन गर्न लागेको हो । नगरपालिकाका केही वडामा नेपाली कांग्रेस र नेकपा (एमाले) का कार्यकर्ताहरुले बुथ कब्जा गरेर मतदान गरेको आरोप लागेको थियो ।

बुथ कब्जाको आरोप लागेसँगै मतगणना सम्पन्न हुन सकेको थिएन । परिस्थिति जटिल बनेपछि निर्वाचन आयोगले त्यहाँका निर्वाचन अधिकृतलाई नै फिर्ता बोलाएको थियो ।

यसअघिका प्रजिअ उपेन्द्रराज पौडेलको ठाउँमा प्रकाशचन्द्र अधिकारी बाजुरको प्रमुख जिल्ला अधिकारी तोकिएका छन् । यसैगरी नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापा र सशस्त्र प्रहरीका नायब उपरीक्षक गंगादत्त पन्तलाई बाजुरा खटाइएको छ ।