२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एसका नयाँ मन्त्रीको सपथ आज



अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सिफारिस गरेका नयाँ मन्त्रीहरुले आज सपथग्रहण गर्दैछन् ।

नवनियुक्त मन्त्रीहरु जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र हिरा केसीले आज सपथग्रहण गर्ने भएका हुन् ।

नेकपा एसले आफ्नो पार्टीबाट अहिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठलाई फिर्ता बोलाएर उनीहरुको नाम सिफारिस गरेको थियो ।

पार्टी सिफरिसअनुसार श्रेष्ठलाई पर्यटन, चौधरीलाई सहरी विकास, कुँवरलाई श्रम रोजगार र हिरा केसीलाई स्वास्थ्य राज्यमन्त्री दिने तयारी छ । स्वास्थ्य राज्मन्त्री भवानी खापुङको भने स्वास्थ्यमन्त्रीमा बढुवा हुने भएको छ ।

नेकपा एसको आइतबार बसेको सचिवालय बैठकले मन्त्री हेरफेर गर्ने निर्णय गरेको हो । पार्टी अध्यक्ष माधव कुमार नेपालले नयाँ मन्त्रीको नाम हिजै प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मन्त्रीहरुले सपथ लिनेछन् । त्यसपछि प्रधानमन्त्री देउवाले उनीहरुलाई नियुक्त गर्नेछन् ।