२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको उत्तराखण्डमा बस दुर्घटना, २६ तीर्थयात्रीको मृत्यु



अ+ अ-

एजेन्सी । आइतबार साँझ भारतको उत्तराखण्डस्थित उत्तरकाशीमा बस खाल्डोमा खसेर दुर्घटना भएको छ । जसमा मध्य प्रदेशको पन्ना जिल्लाका २८ तीर्थयात्री र चालक–क्लिनरसहित ३० जना सवार थिए ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीका अनुसार दुर्घटनामा २६ जनाको मृत्यु भएको छ । हरिद्वारबाट तिर्थयात्रा सुरु गरेको बसमा सवार सबै यात्रु चारधाम यात्रामा जाँदै थिए ।

बसमा चालक र क्लिनरबाहेक १४ पुरुष र १४ महिला सवार थिए । उक्त बस दुर्घटनामा केन्द्रीय गृहमन्त्री अमित शाहले दुःख व्यक्त गरेका छन् । भक्तजनले भरिएको बस खाडलमा खसेको अमित शाहले बताएका छन् ।

यसैबीच, उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामी र मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहान आज देहरादूनबाट दुर्घटनास्थलतर्फ प्रस्थान गर्ने भएका छन् । शिवराज सिंह चौहान हिजो राति मात्र देहरादून पुगेका छन् र स्थितिको निगरानी गरिरहेका छन् । उनले मृतकका परिवारलाई पाँच लाख र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।