१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु

पोखरामा एक घर, एक वृक्षरोपण

पोखरामा एक घर, एक वृक्षरोपण
अ अ+ अ-

कास्की । पोखरा महानगरपालिकाले आगामी तीन महिनाभित्रमा महानगरका सबै घर कम्पाउडमा बिरुवा रोप्ने भएको छ ।

पर्यटकी सहरसमेत रहेको पोखराको वातावरणलाई हरियाली बनाउन महानगरले नगरवासीलाई अनिवार्यरुपमा वृक्षरोपण कार्यक्रममा सहभागी गराउने भएको हो । महानगर प्रमुख धनराज अचार्यले आज ५०औँ विश्व वातावरण दिवसका सन्दर्भ पारेर महानगरले आयोजना गरेको वृक्षरोपण कार्यक्रममा अबको तीन महिनाभित्र प्रत्येक घरमा बिरुवा रोप्ने कार्यक्रम सञ्चालन गर्ने घोषणा गर्नुभएको हो ।

उहाँका अनुसार एक घर एक वृक्षरोपण कार्यक्रमका लागि महानगरले नै आवश्यक बिरुवा नगरवासीलाई उपलब्ध गराउने र वातावरण शाखाले तयारी अगाडि बढाउनेछ । केही वर्ष अगाडि पोखराको बीच भाग भएर बग्ने सेती नदीमा आएको अप्रत्यासित बाढी, गत वर्ष मनाङ र मादीमा आएको बाढीको स्मरण गर्दै उहाँले भन्नुभयो, “वातावरणीय सन्तुलन कायम राख्नका लागि वृक्षरोपण अनिवार्य छ, सानो क्षेत्रफलमा बनेका घरमा समेत अक्सिजन दिनेखालका सानातिना बिरुवा भए पनि रोप्न नगरवासीलाई आग्रह गर्नेछौँ ।”

पोखरामा विगतमा प्रशस्तमात्रामा रहेका पोखरी, चौतारा र वर, पीपल मासिएका उल्लेख गर्दै महानगर प्रमुख आचार्यले सडकका किनारामा कस्तो बिरुवा रोप्ने भन्ने विषयमा सरोकारवाला पक्षसँग बसेर निष्कर्षमा पुगिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “विगतमा पोखरामा प्रशस्त पोखरी थिए, चौतारा थिए, प्रशस्त वर पीपलका बिरुवा थिए, ती सबै मासिए, अब जेजति जोगिएको छ, त्यसको संरक्षण गर्ने र सडक छेउमा कस्ता उपयोगी बिरुवा रोप्ने भन्ने विषयमा सरोकारवाला विज्ञसँग बसेर निर्णय गर्नेछौँ, पोखरालाई नाराअनुसारको स्वच्छ हराभरा सुन्दर पोखरा व्यवहारमै बनाउनेछौँ ।”

प्रमुख आचार्यले खाली जमिनमा वृक्षरोपण कार्यक्रम गर्न पोखरास्थित सम्पूर्ण सङ्घसंस्थालाई आग्रह गर्नुभयो । महानगरले पोखरा–२४ को कार्यालय र कश्यप ताल परिसरमा विश्व वातावरण दिवसको अवसर पारेर वृक्षरोपण गरेको छ । सोही वडाका वडाध्यक्ष भरतबहादुर अधिकारीले विभिन्न प्रजातिका २०० भन्दाबढी बिरुवा रोपिएको जानकारी दिनुभयो ।

वडाध्यक्ष अधिकारीले अहिले वडावासी डोकोमा गाग्री बोकेर कहाँ पानी पाइन्छ भनेर धाउनुपर्ने अवस्था रहेको भन्दै सोको अन्त्यका लागि लिफ्टिङ खानेपानी आयोजना छिट्टै सम्पन्न गरेर खानेपानी उपलब्ध गराउने योजनामा रहेको बताउनुभयो ।