५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नो पहिलो काठमाडौँ यात्रा स्मरण गर्दा भावुक बने प्रधानमन्त्री देउवा



अ+ अ-

काठमाडौँ । आफ्नो पहिलो काठमाडौँ यात्राका बारेमा बताउँदा प्रधानमन्त्री शेरबहादुर देउवा भावुक हुनुभएको छ ।

सुदूरपश्चिमाञ्चल सरोकार मञ्चको ११ औँ साधारणसभामा उहाँले आफ्नो पहिलो काठमाडौँ यात्रा सम्झिँदै सुदूरपश्चिमको गरिबी, बेरोजगारी समस्या र सम्भावनाबारे सम्बोधन गर्नुभयो ।

उहाँले डोटीको उच्चाकोटबाट एसएलसी पास गरेपछि पहिलोपटक काठमाडौँ पढ्न आएको स्मरण गर्नुभयो । “ ‘धनगढीसम्म पैदल, धनगढीबाट रेल चढेर लखनउ, लखनउबाट गुवाहटी, त्यहाँबाट रेल चेञ्ज गरेर रक्सौल पुगेँ । रक्सौलबाट गाडी चढेर काठमाडौँ आएँ । पहिला त्यस्तो अवस्था थियो ।”

उहाँले अब काठमाडौँ आउन त्यस्तो अवस्था नभएको बताउनुभयो । उहाँका अनुसार अहिले बाटो जोडिएको छ, सुदूरपश्चिम जाने बाटो बनेको छ र जिल्ला जिल्ला जाने बाटो बनेको छ ।

यद्यपि प्रधानमन्त्री देउवाले सुदूरपश्चिम अझै पनि विकासबा हिसाबले निकै पछाडि रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “गरिबी अझै पनि घटेको छैन । हाम्रा युवाहरू अझै बम्बई, मद्रास जाने गर्छन् । लाहुर जाने भन्छन् । यस्तो अवस्था छ ।” सुदूरपश्चिमको आर्थिक अवस्था अझै पनि माथि उठ्न नसकेको उहाँले बताउनुभयो ।

यद्यपि उहाँले सुदूरपश्चिमको सम्भावना अझै रहेको बताउनुभयो । उहाँका अनुसार महाकाली र सेती नदीको विकास गर्न सकेको अवस्थामा सुदूरपश्चिम धनी हुनसक्छ ।