एजेन्सी । शनिबार दुवईको अबुधाबीमा बलिउडको प्रतिष्ठित अवार्ड ‘आइफा अवार्ड’को घोषणा गरियो । उक्त समारोहमा सिद्धार्थ मल्होत्रा र कियारा आडवाणी स्टारर फिल्म ‘शेर शाह’ निकै हिट भयो ।
यो उत्कृष्ट चलचित्र घोषित भयो भने यसले चार अर्वाड हात पार्यो । यसैगरी विक्की कौशलले ‘सरदार उधम’ बाट उत्कृष्ट अभिनेता र ‘मिमी’ बाट कृति सेननले उत्कृष्ट अभिनेत्रीको अवार्ड जिते ।
‘शेरशाह’का लागि विष्णु वर्धनलाई उत्कृष्ट निर्देशकको अवार्ड प्रदान गरियो । पंकज त्रिपाठीले ‘लुडो’ बाट उत्कृष्ट सहायक अभिनेताको अवार्ड पाए । सुनील शेट्टीका छोरा आहान शेट्टीले फिल्म ‘तडप’का लागि बेस्ट मेल डेब्युको अवार्ड जिते भने ‘मिमी’बाट साई ताम्हनकरले उत्कृष्ट सहअभिनेत्रीको अवार्ड जितेकी छन् ।
कार्यक्रममा सलमान खान, ऐश्वर्या राय बच्चन, अभिषेक बच्चन, विक्की कौशल, कृति सेनन, अनन्या पाण्डे, सारा अली खान, एआर रहमान, टाइगर श्राफ, नोरा फतेही, नर्गिस फाखरी र पंकज त्रिपाठी लगायत धेरै सेलिब्रेटीहरू उपस्थित थिए ।