४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह

प्रचण्ड अभिव्यक्ति: प्रधानमन्त्रीको लोभ कि आउने चुनावको डर ?

प्रचण्ड अभिव्यक्ति: प्रधानमन्त्रीको लोभ कि आउने चुनावको डर ?
अ+ अ-

एमालेको अवस्था
संसदमा अहिलेको सबैभन्दा ठूलो पार्टी नेकपा एमाले दोस्रो शक्तिमा ओर्लिएको छ । बाजुराको बुढीगंगा नगरपालिका बाहेक ७५२ मध्ये नेपाली कांग्रेसले ३२९ स्थानीय तहको नेतृत्व जित्दा एमालेले २०५ मात्रै जितेको छ । २०७४ को चुनावमा भने २९४ स्थानीय तहको नेतृत्व एमालेले जित्दा कांग्रेसले २६६ वटामा मात्र सीमित थियो । त्यसो त अघिल्लो चुनावामा एमाले नै पहिलो शक्ति थियो स्थानीय चुनावमा पनि । यसपटक एमालेले ८९ स्थानीय तहको नेतृत्व गुमाएको मात्रै छैन, ६ वटा महानगरसहित शहरी क्षेत्रमा नराम्रो पराजय पनि भोगेको छ ।

तर यो परिणाम सत्तारुढ गठबन्धनका कारण हो भन्छ एमाले । एमाले नेताहरुका अनुसार, पार्टीको जनमत बढ्दा पनि सिट संख्या गुम्नुको कारण सत्तारुढ दलहरूबीच गठबन्धन हुनु, सत्ताको दुरुपयोग गरिनु र पार्टीमा अन्तर्घात हुनु हो । यो गठबन्धनअघि नेकपा मुलुकको एउटा बलियो जनमतयुक्त शक्ति थियो । तर अहिले यो अवस्था आउनुको प्रमुख कारण स्वयं अध्यक्ष केपी शर्मा ओली हुन् भन्छन् माओवादी र नेकपा एसका नेता । त्यो आवाज मधुरै छ तर एमाले भित्र पनि छ । झण्डै दुई तिहाइ नजिकको बहुमत प्राप्त तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं संसदीय दलका नेता ओलीले प्रधानमन्त्रीको हैसियतमा ५ पुस २०७७ मा प्रतिनिधिसभा विघटनको असंवैधानिक निणर्य गरेपछि नेपाली कांग्रेस नेतृत्वमा पाँच दलीय गठबन्धन बनेको थियो ।

त्यही गठबन्धनले देशका राजनीतिक स्थानहर एकपछि अर्काे गरेर ग्रहण गरिसकेको छ । सबै प्रदेशमा आफ्नो मात्र सरकार रहेको नेकपाको नेता थिए ओली । तर अहिले त्यस्तो छैन । उनी संघीयबाट हटेपछि कुनै पनि प्रदेश सरकारमा छैनन् । अनि अहिले आएर स्थानीय तहमा पनि एमाले दोस्रो शक्तिमा झरेको छ । यसरी एकपछि अर्को चुनाव हार्दै आएको एमालेको कारक ओली नै हुन् भन्ने आंकलन पार्टी भित्र र बाहिर पनि छ ।

प्रधानमन्त्रीको लोभ
के अहिले प्रचण्डलाई प्रधानमन्त्रीको लोभ कसैले देखाएको छ ? राजनीतिक र कानुनी क्षेत्रका जानकारहरु भन्छन्– त्यस्तो लाग्दैन । किनभने अहिलेको संविधान अनुसार संसदको यो कार्यकालको यो अन्तिम सरकार हो । एकत परमादेशबाट सरकार बन्दा नै यसको विकल्प भएन र थिएन । अर्काे कुरा यही संविधानले नै सरकारलाई संसदको कार्यकाल सकिनु ६ महिना अघि र त्यसको ६ महिनापछिसम्म पनि वैधानिक रुपमा सरकार निर्माणको अधिकार दिएको छ । त्यो लाइनमा राजनीति जाँदा अहिले शेरबहादुर देउवाबाहेक पनि अर्काे सरकार बन्दैन भने यदि त्यस्तो अवस्था आयो भने उनले संसद विघटन गरेर ६ महिनाअघि नै चुनावमा जान पनि सक्नेछन् ।

त्यसो भए यस्तो अवस्थामा प्रचण्डलाई प्रधानमन्त्रीको घाँस देखाएर कसले डार्याउेन प्रयत्न गर्यो त ? यो प्रश्नको तिर तेर्सिने भनेको एमाले तिरै हो । के अहिले यस्तो समयमा आएर ओलीले प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव गरे होलान् ? एमालेकै नेता कार्यकर्ताहरु त्यस्तो ठान्दैनन् । अहिलेको स्थानीय तहमा जस्तै एमालेले आगामी संसदीय निर्वाचनमा पनि हार खानुपर्ने हुनसक्छ भन्नेमा त एमाले अध्यक्ष ओली होलान् नै । अनि त्यो पार्टीका अरु नेता कार्यकर्तामा पनि त्यस्तो होला । तर यो कुरा बाहिर प्रचण्डले नै ल्याएका छन् । उनले भनेका छन् कि– मलाई प्रधानमन्त्रीको अफर आयो तर म त्यता लाग्दिन । सायद अहिले यतिबेला केपी ओलीले प्रचण्डलाई प्रधानमन्त्री बनाउन लागेका पक्कै होइनन् होला ।

कात्तिकमा चुनावको डर ?
हो, बरु प्रचण्डलाई आगामी निर्वाचनको डर भने लागेको हुनसक्छ । आगामी कात्तिकमा आमनिर्वाचन गर्ने पक्षमा प्रधानमन्त्री देखिएका छन् । प्रधानमन्त्री देउवाको यो योजना सार्वजनिक भएकै दिन यता प्रचण्डले कांग्रेसलाई ठेगान लाउने कुरा किन गरे भन्ने आशंकाको मुन्तिरतिर खोज्दा प्रचण्ड अभिव्यक्तिको गाँठो भेट्न सकिन्छ । यसका पछाडि प्रचण्डले निर्वाचन पर सार्ने प्रस्ताव देउवालाई गरेका हुनसक्छन् तर देउवाले त्यो प्रस्ताव नमानेर कात्तिकमै चुनाव गर्नुपर्छ भनेका हुनसक्छन् । फेरि देउवाले निर्वाचन कात्तिकमै गर्न चाहनुको कारण पनि प्रचण्डकै अस्थिरताबाहेक अरु केही होइन । किनभने प्रचण्डले कांग्रेसले दिएको भन्दा बढी भाग पाए भने पहिलेजस्तै अहिलेको आम निर्वाचनमा पनि उनी ओलीतिर ढल्किन सक्छन् भन्ने नै हो ।

तर अब आउने चुनावप्रति भने प्रचण्डलाई डर नै छ । हुनत उनीहरुले सोचेभन्दा पनि बढी स्थानीय तहमा माओवादी आएको छ । तर सो पार्टीको विश्लेषणमा कांग्रेसले उनीहरुलाई मत दिएन भन्ने हो । उनीहरु भरतपुरबाट पनि डराएका थिए । त्यहाँ माओवादीविरुद्धमा घोषितै विद्रोही उठेका थिए भने अरु कतिपय स्थानमा अघोषित जस्तो थियो कांग्रेसहरु । यस्ता कैयौँ ठाउँ छन् जहाँ माओवादीले मत पाएका छैनन् ।

यसरी एकातर्फ देउवा अहिले नै चुनावमा जान चाहन्छन् भने अर्कातार्फ प्रचण्ड अहिले नै जाँदा कांग्रेससँग डराउँछन् । के कांग्रेसलाई ठेगान लगाइदिने भन्ने उनको त्यसैको अभिव्यक्ति हो ? कि यही मौकामा ओलीले प्रचण्डलाई प्रधानमन्त्री बनाउने चौका हान्न खोजेका हुन् ? यस्तै यस्तै सेतोकालोमा फेरि पस्न खोजेका छन् प्रचण्ड । र उनी बेलाबेलामा चम्किएर कहिले कलाई र कहिले कलाई ठेगान लगाइदिने भन्न थालेका छन् । उनले त्यतिमात्र नभएर यो सत्ताको चाबी नै आफ्ना हातमा रहेको पनि बताएका थिए । त्यो चाबीको प्रयोग अब कसरी गर्न आँटेका हुन् भन्ने प्रश्न अहिले उब्जिएको छ । तर एकातर्फ कांग्रेसलाई र अर्कातर्फ नामै नलिई प्रधानमन्त्रीको अफर आयो भनेर ओलीलाई एकै पटक घुँयत्रो हानेका पनि हुनसक्छन् । तर प्रचण्ड अभिव्यक्ति प्रधानमन्त्रीको लोभ हो कि आउने चुनावको डर भन्ने तथ्य खुटिन भने बाँकी नै छ । -नारदमुनि शर्मा