३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

१८ वर्षपछि अन्तरिक्षमा दुर्लभ दृश्य देखिने, सीधा रेखामा ५ ग्रह देखिने

१८ वर्षपछि अन्तरिक्षमा दुर्लभ दृश्य देखिने, सीधा रेखामा ५ ग्रह देखिने
अ+ अ-

वासिंटन । विश्वभरका अन्तरिक्ष प्रेमीहरूको लागि ठूलो खबर छ। यो साता अन्तरिक्षमा दुर्लभ दृश्य देखिने भएको छ । रातको अँध्यारोमा अन्तरिक्षमा सीधा रेखामा ५ ग्रहहरू देखिनेछन्।

यी ग्रहहरू हुन्– बुध, शुक्र, मंगल, बृहस्पति र शनि। यी सबै ग्रहहरू शुक्रबार, जुन ३ को बिहानबाट एक सीधा रेखामा आउनेछन्। यो दुर्लभ दृश्य अन्तिम पटक डिसेम्बर २००४ मा देखिएको थियो। यति मात्र होइन यो वर्ष बुध र शनिको दूरी पनि निकै कम हुनेछ ।

स्काई एन्ड टेलिस्कोपका अनुसार यो दुर्लभ दृश्यको मजा लिन चाहनेहरूलाई दूरबीन चाहिन्छ। बुध ग्रह खोज्न तिनीहरूले क्षितिजको पूर्वतिर हेर्नुपर्छ।

स्पेस म्यागजिनका अनुसार जुन महिना अगाडि बढ्दै जाँदा बुध ग्रह उज्यालो हुँदै जान्छ, जसले पहिचान गर्न सजिलो हुनेछ। विज्ञहरूका अनुसार बाँकी ग्रहहरू दूरबीन बिना नै लगातार देख्न सकिन्छ।

विज्ञहरूका अनुसार यो दुर्लभ ५ ग्रहहरूको संयोजनको साक्षी हुने सबैभन्दा राम्रो समय सूर्योदय हुनुभन्दा ३० मिनेट अघि हो। यो आकाशीय दृश्य हेर्नका लागि विश्वमा निकै उत्साह छ ।

यो दृश्य सारा संसारमा देखिने छ । त्यसैले हेर्न कतै जानु पर्दैन। उत्तरी गोलार्धमा मानिसहरूले यी ग्रहहरूलाई पूर्वदेखि दक्षिण–पूर्वी क्षितिजसम्म देख्न सक्छन्। जबकि दक्षिणी गोलार्धमा रहेका मानिसहरूले पूर्वदेखि उत्तरपूर्वसम्म देख्न सक्छन्।

तर यो दुर्लभ दृश्य हेर्नका लागि एउटा मात्र शर्त छ, त्यो हो आकाश सफा हुनुपर्छ । यो दृश्य जुन महिनाभर देखिने छ । त्यसैले कुनै दिन नदेखेमा चिन्ता लिनु पर्दैन ।

यो रमणीय उत्सवमा चन्द्रमा पनि सामेल हुने भएको छ । यी ५ ग्रहबाहेक २४ जुनमा शुक्र र मंगलको बीचमा चन्द्रमा पनि देखिनेछ । यो विशेष दृश्य सूर्योदय भन्दा १ घन्टा अगावै राम्रोसँग हेर्न सकिन्छ।

यदि तपाईंले यी ५ वटा ग्रह सँगै हेर्न छुटाउनु भयो भने फेरि सन् २०४० सम्म कुर्नुपर्नेछ । एजेन्सीको सहयोगमा