२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोटरसाइकल चोरीमा संग्लग्न आठ जना पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

झापा । विभिन्न स्थानहरुबाट चोरी भएका १२ थान मोटरसाइकल सहित चोरीमा संग्लग्न रहेको अभियोगमा ८ जनालाई विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सप्तरी टिकुली नगरपालिका–५ बस्ने २७ वर्षीय करण महमद, झापा गौरीगञ्ज गाउँपालिका–५ बस्ने १८ वर्षीय किशोर, अर्जुनधारा नगरपालिका–८ बस्ने १८ वर्षीय किशोर, बिर्तामोड नगरपालिका–५ बस्ने १८ वर्षीय २ जना किशोर, सोही नगरपालिका-३ बस्ने १९ वर्षीय कुमार राजवंशी र ईलाम चुलाचुली घर बताउने १८ वर्षीय किशोर रहेका छन् ।

झापाका विभिन्न स्थानहरुबाट मोटरसाइकल चोरी भएको घटनाको अनुसन्धान गर्न क्रममा जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले अर्जुनधारा नगरपालिका८ कदमगाछी बस्ने अशोक विहारीको घरमा ग्यारेज भित्रबाट, सोही नगरपालिका–१० बस्ने बिमल हुमागाईको घरमा मोटरसाइकल ग्यारेज संचालन गरी बस्ने करण महमदको ग्यारेजबाट र झापाको बिभिन्न स्थानवाट चोरी भएका उक्त मोटरसाइकल फेला पारेको हो ।

उनीहरू उपर चोरी मुद्दामा थप अनुसन्धान भइरहेको छ ।