२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँको टुँडिखेलमा संविधान दिवस मनाउँदै



अ+ अ-

काठमाडौं । विक्रम संवत् २०७२ असोज ३ गते संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष संविधान दिवस मनाइँदै आएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार काठमाडौँको टुँडिखेलमा आयोजित संविधान दिवस विशेष समारोहमा नेपाली सेनाबाट प्रस्तुत सलामी ग्रहण गर्नुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त समारोहलाई सम्बोधन गर्नुभयो । सातौ संविधान दिवसका अवसरमा काठमाडौँको टुँडिखेलमा आइतबार आयोजित विशेष समारोहमा सहभागी हुनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, सभामुख अग्निप्रसाद सापकोटालगायतले अभिवादन गर्नु भएको हो।