५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमानी ट्रष्टद्वारा वृक्षरोपण



अ+ अ-

काठमाडौं । हिमानी ट्रष्टले फलफूलमा आत्मनिर्भर बनौं भन्ने सन्देश सहित काठमाडौंको तारकेश्वरमा रहेको शान्तिधाममा वृक्षरोपण गरेको छ । कोषका  अध्यक्ष हिमानी शाह सहितको टोलीले रुद्राक्ष सहित अन्य फलफूलका करिब २०० बिरुवा रोपेको हो ।

पर्यावरण जोगाऊँ फलफूल आयात कम गरौं भन्ने अभियान सञ्चालन गर्दै आएको कोषले मुलुकमा विभिन्न भागमा यस अभियानलाई निरन्तरता दिने बताएको छ ।

सामाजिक सेवाका क्षेत्रमा कृयाशील हिमानी कोषले प्राकृतिक प्रकोप, भूकम्प, बाढी पहिरो, आगलागी, शितलहर जस्ता विभिन्न घटनामा पीडितहरुलाई राहत एवं सहयोग गरिरहेको छ ।साथै कोषले शैक्षिक क्षेत्रमा पनि सहयोग गर्दै आएको छ ।