२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओमानविरुद्ध नेपाललाई तेस्रो सफलता,  करण एक्लैले लिए तीन विकेट



अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले अहिले ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

टस जितेर पहिले बलिङ रोजेको नेपाललाई तेस्रो सफलता मिलेको छ । नेपालका करण केसीले लगातार तेस्रो विकेट लिएका हुन् । उनले आयान खानलाई आउट पारे । आयान १८ बलमा ७ रन जोड्दै पेभिलियन फर्किए । 

यसअघि केसीले सुफ्यान मेहमुदको र जतिन्दर सिंहको विकेट लिएका थिए । 

अहिलेको स्थितीमा ओमानले ९.४ ओभरमा ३ विकेटको क्षतिमा ३० रन बनाएको छ ।