८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह

नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले असारमा राष्ट्रिय भेला गर्ने

नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले असारमा राष्ट्रिय भेला गर्ने
अ+ अ-

काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबाट छुट्टिएर गएका धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र धर्मेन्द्र वली ‘सुदर्शन’ नेतृत्वको नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीले असारमा राष्ट्रिय भेला गर्ने भएको छ ।

रिपोर्टर्स क्लब नेपालमा मंगलबार (आज) पत्रकार सम्मेलन गर्दै पार्टी पुनर्गठनपछि गत जेठ ११ र १२ गते बसेको क्रान्तिकारीको विशेष बैठकले आगामी असार १२, १३ र १४ गते राष्ट्रिय भेला गर्ने निर्णय गरेको जानकारी दिइएको हो ।

बैठकले मिलन राईको संयोजकत्वमा विरेन्द्र शाह र रुपा बुढामगर सह–संयोजक रहनेगरि ७५ सदस्यीय विशेष राष्ट्रिय भेला आयोजक समिति गठन गरेको छ । ‘वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि जुझारु संगठन र संर्घषको दिशामा अघि बढौ’ भन्ने नाराका साथ भेलाको आयोजना गरिने उक्त संगठनले जनाएको छ ।

यसैगरी, राष्ट्रियता, जनतन्त्र, जनजीविका र शैक्षिक विषयमा संर्घष गर्ने, जेल जीवन बिताइरहेका विकास राईलगायतको रिहा, जनक शिक्षा सामाग्री केन्द्रको बेथिति र भ्रष्टाचारको नियमन गरि समयमै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने लगायतका माग पनि संगठनले अघि सारेको छ ।

क्रान्तिकारीले महंगी नियन्त्रण, पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि फिर्ता गर्न, पेट्रोलियम पदार्थमा लगाइएको अत्यधिक कर घटाउनुको साथै आयल निगममा विभिन्न बहानामा भइरहेको अनियमितता, भ्रष्टाचारको छानबिन गरी कारबाही गर्न मागसमेत गरेको छ ।

यसैगरी, आफ्नै विद्यार्थीमाथि यौनजन्य हिंसा गर्ने शिक्षकलाई कडाभन्दा कडा कारवाही गर्न र मौका परीक्षाका लागि लामो समयदेखि आन्दोलनरत मेडिकल कलेजका विद्यार्थीको माग तत्काल सम्बोधन गर्न माग पर्ने क्रान्तिकारीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै संयोजक मिलन राईले आगामी असार १२, १३ र १४ गते राष्ट्रिय भेला गर्ने निर्णय गरेको जानकारी दिए ।

उनले पार्टी फुटपछि पुनर्गठनपछि बसेको विशेष बैठकले गरेको निर्णय सुनाउन लागेको बताए । आफ्नो संगठले १९९७ सालदेखि आजसम्म विद्यार्थीको समस्या समाधान गर्दै आएको पनि उनले स्पष्ट पारे । उनले अखिल क्रान्तिकारीले स्थापनादेखि विद्यार्थी आन्दोलन २०७६ असोज १२ को घटनासम्म आउँदा गौरवपुर्ण इतिहास बोकेको सुनाए ।

उनले ठुलो पार्टीमा जस्तै विद्यार्थीहरुमा पनि संसद्परस्त र संसदवादीहरुको विभाजन भएको सुनाए । उनले पार्टीको आठौं महाधिवेशनमा संसदमा प्रवेश गर्ने वहस भएपनि खासै महत्व नदिएको सुनाए । राईले संसदबाट मुलुक र जनताको हित नहुने ठोकुवा गरे ।

जनताको संसदीय व्यवस्थाविरुद्ध जान हुँदैन भन्दा पार्टी विभाजन भएको उनले जानकारी दिए । क्रान्तिकारी आन्दोलननै विरासतलाई जोगाउँदै आएको भन्दै उनले संसदवादलाई स्वीकार गर्न नसकिने स्पष्ट पारे । उनले भने,‘एकता भन्दा विभाजन नमिठो भएपनि लक्ष्य प्राप्तीका लागी पार्टी विभाजन हुन पुग्यो ।’

सह–संयोजक विरेन्द्र शाहले पछिल्लो समयमा राज्यको अवस्था डामाडोल भएको बताए । सबै सरकारी विद्यालयहरुको अवस्था अत्यन्त्तै नाजुक देखिएको उनको भनाई थियो ।

उनले भने,‘अझैपनि सरकारी क्षेत्रका विद्यालयमा सबै सुविधा पाएका छैनन् । सजिलै शिक्षा लिन पाउँदैनन् ।’ कुनै पनि विश्वविद्यालयमा शैक्षिक क्यालेन्डरअनुसार पढाई नभएको उनले दाबी गरे ।

विश्वविद्यालयमा कर्मचारी तथा विद्यार्थीहरु कसैले पनि हलचल नगरेको उनले आरोप लगाए । ‘विश्वविद्यालय मसान घाट जस्तो सुनसान छन् विद्यार्थीहरु आफ्नो बारेमा मात्र सोच्छन् । बाहिरको बारेमा केही सोचेका छैनन् ।’–उनले भने ।

सबै मानिसमा व्यक्तिगत सोच हावी भएको सुनाउँदै व्यक्तिवादी सोचले देशको विकास नुहने उनको भनाई थियो । उनले भने,‘व्यक्तिगत सोचले देशको भलो हुँदैन् र देशको भलो भएमात्र व्यक्तिको भलाई हुन्छ ।’