२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओमानविरुद्ध नेपाललाई छैटौं सफलता, सन्दीपले लिए तीन विकेट



अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले अहिले ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

लेग स्पिनर सन्दीप लामिछानेले नेपाललाई छैटौं सफलता दिलाएका छन् । उनले नेपालका लागि तीन विकेट लिए । 

सुरुमा ओमानका मोहम्मद नदीमलाई एलवीडब्लु गर्दै आउट गराएका सन्दीपले सुरज कुमार र नेस्टर धाम्वाको लगातार विकेट पतन गराए । 

यसअघि करण केसीले पनि नेपालका लागि तीन विकेट लिएका छन् । अहिलेको स्थितीमा ओमान १६.४ ओभरमा ६ विकेटको क्षतिमा ५२ रन जोडेको छ ।