१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिनेत्रीमाथि ‘दुर्व्यवहार’को आरोपमा पक्राउ परेका बौद्ध भिक्षुलाई रिहा गर्न माग गर्दै प्रदर्शन



अ+ अ-

काठमाडौँ । एक अभिनेत्रीलाई ‘दुर्व्यवहार’ गरेको आरोपमा पक्राउ परेका एक बौद्ध भिक्षुलाई रिहा गर्न माग गर्दै मंगलबार बिहान प्रदर्शन गरिएको छ । ‘कबड्डी ४’ की नायिका मिरुना मगरलाई दुर्व्यवहार गरेको भन्दै मुगु स्थायी घर भएका फुर्वा लामा नामक बौद्ध भिक्षुलाई प्रहरीले पक्राउ गरेको थियो ।

युवाहरुको एक समूहले मंगलबार बिहान चावहिलस्थित केएल टावरअगाडि फुर्वा लामाको रिहाइको माग गर्दै विरोध प्रदर्शन गरेको हो । समूहले ‘कबड्डी ४’ को पोस्टरसमेत जलाइदिएको छ ।

अभिनेत्री मगरले सुन्धारास्थित सिभिल मलको एक कफी सपमा आफूविरुद्ध बौद्ध भिक्षु लामाले ‘दुर्व्यवहार’ गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरीपछि भिक्षु लामालाई प्रहरीले पक्राउ गरेको थियो ।

लामाको पक्राउको विरोधमा कर्णालीबासी र लामा समुदायले मंगलबार अपराह्न २ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने र प्रशासनमा उजुरी दिने कार्यक्रम राखिएपनि स्थगित गरिएको बताइएको छ ।

‘कबड्डी ४’ का निर्माता र निर्देशकले मंगलबार बिहानै बौद्ध गुम्बाका केही लामा अगुवासँग वार्ता गरेका थिए । आफ्नो फिल्मविरुद्ध प्रदर्शन चर्किने संकेत पाएका निर्देशक रामबाबु गुरुङले तामाङ समुदायका विभिन्न संघसंस्थासँग छलफल गरेका थिए । उनले मेलमिलापतिर आफू गएको बताएका छन् ।

‘कबड्डी ४’का लागि सिनेमा हल पुगेकी अभिनेत्री मगरले सोमबार ती बौद्ध भिक्षुले आफूलाई तीनपटक पछाडिबाट नियोजित ढंगले छोएर दुर्व्यवहार गरेको आरोप लगाएकी छन् ।