२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओमानले नेपाललाई दियो १२२ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले अहिले ओमानसँग प्रतिस्पर्धा गर्दैछ । 

टस हारेर पहिले ब्याटिङमा उत्रिएको ओमानले नेपालसामू १२२ रनको लक्ष्य दिएको छ । ओमानले ३७.१ ओभरमा सबै विकेट गुमाएर १२१ रन जोडेको हो । 

ओमानका जिसन नदीमले ६६ बलमा ४१ रन जोड्दा अन्य ब्याट्समान खुलेर खेल्न सकेनन् । नेपालका बलरले ओमानलाई दबाबमा राखेको थियो । 

नेपालका करण केसीले ८ ओभरमा २५ रन खर्चेर ४ विकेट लिए । यस्तै सन्दीप लामिछानेले ८.१ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए भने सरद भेष्वाकरले ६ ओभरमा २१ रन खर्चेर २ विकेट लिए ।