२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धु आयोग ढाँचाअन्तर्गत भारतीय र पाकिस्तानी अधिकारीहरूको बैठक



अ+ अ-

भारत र पाकिस्तानले सोमबार सिन्धु आयोगको ढाँचाअन्तर्गत पानी बाँडफाँडसम्बन्धी मुद्दाहरूमा छलफल गरेका छन् । दिल्लीमा भएको बैठक मंगलबार पनि जारी रहने पाकिस्तानी उच्चायोगले जनाएको छ ।

पाकिस्तान–भारत स्थायी सिन्धु आयोगको ११८औँ बैठकमा सहभागी हुन पाकिस्तानी प्रतिनिधिमण्डल भारतमा छ ।

“आज पाकिस्तान–भारत स्थायी सिन्धु आयोगको ११८औँ बैठकको पहिलो सत्र नयाँ दिल्लीमा सम्पन्न भयो। पाकिस्तानी प्रतिनिधिमण्डलको नेतृत्व सैयद मुहम्मद मेहर अली शाहले गरेका थिए। दोस्रो सत्र भोलि पनि जारी रहनेछ”, पाकिस्तान उच्चायोगले ट्विट गरेको छ ।

सन् १९६० मा भारत र पाकिस्तानबीच भएको सिन्धु जल सन्धि १९६० अन्तर्गत पूर्वी नदीहरू– सतलज, ब्यास र रावीको सबै पानी वार्षिक करिब ३३ मिलियन एकर फुट भारतलाई असीमितरूपमा छुट्याइएको छ।

पश्चिमी नदीहरू– सिन्धु, झेलम र चेनाबको पानी लगभग १३५ मिलियन एकर फुट वार्षिकरूपमा पाकिस्तानलाई दिइएको छ। भारतलाई सन्धिमा तोकिएको मापदण्डबमोजिम पश्चिमी नदीहरूमा सीमित भण्डारणमा नदीका प्लान्टहरू निर्माण गर्न अनुमति दिइएको छ।

सिन्धु जल सन्धिको धारा ८(५) को प्रावधानअनुसार स्थायी सिन्धु आयोगले वर्षमा कम्तीमा एक पटक बैठक बस्नु पर्ने हुन्छ । इकोनमिक टाइम्सबाट