२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाध्यताका कारण संसद् विघटन गर्नुपर्यो : अध्यक्ष ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको निर्णय बाध्यताको परिणाम भएको बताएका छन् । 

आइतबार बसेको स्थायी कमिटी बैठकमा पेश भएको राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओलीले बाध्यताका कारण संसद् विघटन गर्नुपरेको उल्लेख गरिएको एक स्थायी कमिटी सदस्यले भने । यसअघि पनि ओलीले संसद् विघटन बाध्यता भएको बताउने गरेका थिए ।

२०७७ पुस ५ मा विघटन गरेको संसद् सर्वोच्च अदालतले बदर गरिदिएपछि ओलीले २०७८ जेठ ७  मा पुनः विघटन गरेका थिए । तर दोस्रो पटक पनि पार्टीभित्रै असहयोग हुँदा संसद् विघटन गर्नु बाध्यता बनेको अध्यक्ष ओलीले प्रष्टिकरण दिएका छन् ।

तर दश बुँदे सहमति गरी एमालेमै बसेका नेताहरुले भने संसद् विघटन असंवैधानिक र प्रतिगामी कदम भएको दावी गर्दै आएका छन् ।