२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सात किमी नयाँ ट्रयाक सडक निर्माण



अ+ अ-

बागमती । तराई मधेश सडक पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत कूल सात किलोमिटर नयाँ ट्रयाक सडक निर्माण गरिएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले गत आर्थिक बर्ष ०७७÷०७८ मकवानपुर, बारा र पर्सा जिल्लामा सडक बनाएको हो । 
 
उक्त आवमा उक्त जिल्लामा सङ्घीय सरकारको लगानीमा ३२।३६ किमी कालोपत्रे, १९।१ किमी ग्राभेल, ३७।३५ किमी बाटो सडक मर्मत र सात किमी बाटो सडक ट्रयाक चौडा भएका छन् । 

यसैबीच कार्यालयका अनुसार  दशैँलाई लक्षित गरी ती तीन जिल्लाका विभिन्न स्थानमा राजमार्गको  मर्मतसम्भारको अघि बढाइएको छ । बाराको धनसारदेखि पतलैयासम्म, मकवानपुरको हेटौँडा हँुदै लोथरसम्म र हेटौँडाको भैँसे हँुदै मकवानपुरको दामचौरका विभिन्न क्षेत्रमा सडकको खाल्डाखुल्डी मर्मतसम्भारको अघि बढाइएको हो ।