२१ मंसिर २०८२, आईतवार
,
Latest
एनपीएलः चार टोलीको नजर पहिलो ट्रफिमा, कसको पल्ला भारी ? पूर्वराष्ट्रपति भण्डारीद्वारा सिंहदरबारको अवलोकन–फोटोफिचर प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारः पाँच पूर्वमन्त्रीसहितलाई मुद्दा चलाइने मिराज ढुंगानले मागे प्रधानमन्त्री कार्कीको राजीनामा विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति ठमेलको निर्माणाधीन रेष्टुरेन्टमा आगलागी बर्दिया घटनाको छानबिन गर्न समिति गठन मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहणः सुशासन पहिलो प्राथमिकता एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

शैक्षिकसत्र सुरु हुनुअघि विद्यार्थीको निःशुल्क स्वास्थ्य जाँचको व्यवस्था गरिने



अ+ अ-

काठमाडौं । सरकारले शैक्षिकसत्र सुरु हुनुभन्दा अगाडि सबै विद्यार्थीको निःशुल्क स्वास्थ्य जाँचको व्यवस्था गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज सङ्घीय सदनमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षदेखि शैक्षिकसत्र सुरु हुनुभन्दा अगाडि सबै विद्यार्थीको स्वास्थ्य परीक्षण गरिने जानकारी दिनुभयो ।

यस्तै ४० वर्षभन्दामाथिका नागरिकलाई स्थानीय तहका स्वास्थ्य संस्था वर्षमा एकपटक नसर्ने रोगको निःशुल्क स्क्रिनिङको बजेटमा व्यवस्था गरिएको उहाँको भनाइ थियो ।

रक्तसञ्चार सेवालाई सर्वसुलभ र व्यवस्थित गराउनका लागि सबै प्रदेशमा सहकारी स्वामित्वका ब्लडबैंक स्थापना गर्ने उहाँले बताउनुभयो । सबै प्रदेशका सङ्घीय अस्पतालमा क्याथल्याबसहितको आकस्मिक मुटुको रोगको उपचार गर्ने व्यवस्था मिलाएको उहाँको भनाइ छ ।