२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख बिरुद्ध एमाले अध्यक्ष ओलीले दायर गरेको रिटको सुनुवाई हुँदै



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल सहित १४ सांसदलाई गरेको कारबाही कार्यान्वयनको माग गर्दै दायर गर्नु भएको रिटको आज सर्बोच्च अदालतमा सुनुवाई हुँदैछ ।

न्यायाधीशद्वय दीपक कार्की र कुमार चुडालको संयुक्त इजलासमा मुद्दाको सुनुवाई हुन  पेशी तोकिएको छ । आजको सुनुवाई पछि रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा सुनुवाइ हुनेछ ।

एमाले अध्यक्ष ओलीले निर्वाचन आयोग र सभामुख अग्नि सापकोटा र कर्णाली प्रदेसमा सभामुख विरूद्ध छुट्टाछुट्टै तीन वटा रिट दायर गर्नुभएको छ । १४ जना सांसदलाई पार्टीले कारबाही गरेपछि सभामुखले सांसद पद निलम्बन गर्नु पर्नेमा नगरेको भन्दै रिट दायर गर्नुभएको थियो ।

रिटमा नेकपा एमालेले १४ जना प्रतिनिधिसभा सदस्यहरूलाई गरिएको कारबाहीलाई कार्यान्वयन नगरी उन्मुक्ति दिने गरी विपक्षीहरूबाट भएको आदेश तथा निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी रिट निवेदक दलले गरेको कारबाही निष्कासनको निर्णय कार्यन्वयन गर्नूर गराउनू भनी विपक्षीहरूको नाममा परमादेश प्रतिषेधको आदेश जारी गर्न माग गरिएको छ ।