९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल

सरकार प्रेस अभिव्यक्ति र स्वतन्त्रताप्रति प्रतिबद्ध छ: प्रवक्ता कार्की

सरकार प्रेस अभिव्यक्ति र स्वतन्त्रताप्रति प्रतिबद्ध छ: प्रवक्ता कार्की
अ अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालद्धारा सञ्चालित सामुदायिक सूचना नेटवर्क (सिआइएन) को १३औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सरकारका प्रवक्तासमेत रहनुभएका उहाँले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई बलियो बनाउन सहयोगी भूमिका निर्वाह गर्न सबैसँग आग्रह गर्नुभयो ।

मन्त्री कार्कीले नेपाली पत्रकारिता क्षेत्रलाई निष्पक्ष, सुन्तुलित, भरपर्दो र सत्यतथ्यमा आधारित विश्वसनीय सञ्चार माध्यमको रुपमा विकास गर्दै समाज परिवर्तनको मुख्य माध्यम बनाउनुपर्नेमा समेत जोड दिनुभयो । उहाँले भन्नुभयो,“सामुदायिक एफएम रेडियोले खासगरी आधुनिक कृषि, पर्यटन र जलस्रोतलगायत स्थानीय उत्पादन र त्यसको प्रवद्र्धनलाई बढवा दिने गरी प्रसारणमा जोड दिनुपर्ने छ, त्यसका लागि सामुदायिक रेडियोलाई आन्तरिक र राष्ट्रिय एकतासाथ बलियो बनाउनुपर्छ ।” मन्त्री कार्कीले सामुदायिक एफएम रेडियोले चेतनामार्फत समाज परिवर्तनमा अतुलनीय योगदान पु¥याएकामा प्रशंसा गर्दै आगामी दिनमा समृद्ध नेपाल निर्माणका लागि अझै सकारात्मक भूमिकाको अपेक्षा गर्नुभयो ।

(अकोराब) का पूर्वअध्यक्ष मीनबहादुर शाहीले प्रसारण प्रणालीको सुधार हुने गरी आमसञ्चार नीति तथा ऐन/कानुन निर्माण हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं र सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगन हमालले विश्वसनीय पत्रकारिता गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा विक्षाविद् डा. विद्यानाथ कोइराला, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारी, शिक्षा सेवा आयोगका सूचना अधिकारी सुदर्शन मरहट्टा, निर्वाचन आयोगका प्रवक्ता शालिकग्राम शर्मापौडेल, विश्लेषक जैनेन्द्र जीवन, सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन, प्राध्यापक ध्रुव घिमिरे र वरिष्ठ अर्थविद् चन्द्रमणि अधिकारीलाई सम्मान गरिएको थियो ।

(अकोराब)को यस वर्षको ‘स्वयंसेवक सामुदायिक पत्रकार पुरस्कार’ ललिता हायु (रेडियो सिद्धबाबा, सिन्धुली), ‘सामुदायिक रेडियो पत्रकारिता पुरस्कार’ महिलातर्फ शोभा हुमागार्इं (रेडियो रोशी काभ्रे), र पुरुषतर्फ भुवन रायमाझी (रेडियो मुक्तिनाथ, पाल्पा) र सोही पुरस्कार सीआइएन आन्तरिकतर्फ सुशीला श्रेष्ठलाई प्रदान गरिएको थियो । पुरस्कारको राशि जनही रु १५ हजार रहेको छ ।