काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टी–ट्वान्टी क्रिकेटमा आज (सोमबार) कोलकाता नाइट राइडर्स र रोयल्स च्यालेन्जर्स बैंगलोरले प्रतिस्पर्धा गर्दैछन् ।
दुबईको शेख जायद स्टेडियममा दुबै टिमबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ ।
आजको खेलमा दुबै टोली जित निकाल्ने योजनाका साथ मैदानमा उत्रनेछन् ।
बैंगलोर ७ खेलमा ५ जितसहित १० अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ ।
यता कोलकता भने ७ खेलमा २ मात्र जित निकाल्दै ४ अंकसहित चौंथो स्थानमा छ ।
कोरोना महामारीका कारण स्थगित रहेको आइपिएल हिजो (आइतबार)बाट पुनः सुरु भएको हो ।
आइतबार भएको खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई २० रनले पराजित गरेको थियो ।