९ असार २०८३, मंगलवार
,
Latest
हामी हरेक धक्काबाट उठेका छौँ, फेरि उठ्छौँ : महासचिव पोखरेल रास्वपा महाधिवेशनः आजैबाट निर्वाचन प्रक्रिया सुरु हुने महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह चितवनमा रास्वपाको बन्द सत्र सुरु नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

महासचिव पोखरेलको प्रतिवेदनः पार्टीमा युवा ह्वात्तै बढे



अ+ अ-

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माओवादी केन्द्रसँगको एकता भंग भएपछि एमालेमा युवा पुस्ताको आकर्षण ह्वात्तै बढेको बताएका छन् । 

एमालेको जारी स्थायी कमिटी बैठकमा आसन्न विधान महाधिवेशनमा पेस गरिने संगठनात्मक प्रतिवेदनको मस्यौदा प्रस्तुत गर्दै पोखरेलले एकतापछि मात्र पार्टीमा चार लाख सदस्य थपिएका र तीमध्ये अधिकांश युवा रहेको उनले उल्लेख गरे । 

गत ५ पुसमा प्रतिनिधिसभा विघटन गर्ने अध्यक्ष केपी शर्मा ओलीको निर्णयपछि एमालेमा युवाको आकर्षण बढेको महासचिव पोखरेलले पेश गरेको प्रतिवेदनमा छ ।

पोखरेलले माधव नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठनपछि  एमालेले केन्द्रमा २० प्रतिशत नेता र  प्रदेश र स्थानीय तहसमेतका गरेर १० प्रतिशत जनप्रतिनिधि एमालेले गुमाएको जानकारी दिए । 

प्रतिवेदनमा उनले पार्टीको सदस्य बढेको बताए पनि १० बुँदे सहमतिले भने २ जेठ २०७५ अघिका संगठित सदस्यले मात्र महाधिवेशनमा भाग लिन पाउने प्रावधान एमालेको छ । 

एमालेको स्थायी कमिटी बैठक च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी छ ।