५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र

नेपाली क्रिकेट टोली अमेरिका प्रस्थान

नेपाली क्रिकेट टोली अमेरिका प्रस्थान
अ+ अ-

काठमाडौं । अमेरिकामा आयोजना हुन लागेको आईसीसी विश्वकप लिग–२ क्रिकेट प्रतियोगिता अन्तर्गत त्रिकोणात्मक एक दिवसीय शृंखलाका लागि नेपाली टोलीलाई शनिबार विदाई गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले एक कार्यक्रमको आयोजना गरेर शृंखला भ्रमण गर्न लागको टोलीलाई शनिबार विदाई गरेको हो । नेपाली टिम आज अमेरिका जाँदै छ । टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराज, क्यानका अध्यक्ष चतुर बहादुर चन्द लगाएतको टोलीले विदाई गरेको हो । भ्रमण गर्न लागेको टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले सफलताको शुभकामना दिनु भयो । विदाई कार्यक्रममा बोल्दै नेपाली टोलीका कप्तान सन्दीप लामिछानले तयारी राम्रो भएकाले नतिजा पनि राम्रो आउने विश्वास व्यक्त गर्नु भयो । धेरै खेल खेल्न बाँकी रहेकाले नेपाली टोलीलाई अर्को चरण पुग्नका लागि पनि शृखंला निकै महत्वपूर्ण रहेको बताउनु भयो । कप्तान लामिछानेले ब्याटिङ पक्षमा सुधार भएको र अमेरिका भ्रमणमा ब्याटिङ पक्षले जिताउनेमा आपूm आशवादी रहेको बताउनु भयो ।

‘अमेरिकाको वातावरण हाम्रो जस्तै रहेको छ । केही बढी हिउमिडिटी रहेको छ । हामी त्यसका लागि तयार भइसकेका छौं र टोलीले पनि सोही अनुसार तयारी पनि गरेको छ । टिमको हकमा टोली सन्तुलित टोली छ । हामी सबै पक्षमा तयार छौं । हामी एक दिवसीय मान्यतालाई जोगाउने भन्दा हामीले हाम्रो खेललाई सुखद बनाउने योजनामा हुनेछौं । राम्रो भएको अवस्थामा एक दिवसीय मान्यता अवस्य जोगिनेछ । भ्रमण एक दिवसीय मान्यता मात्र होइन, क्वारिफायर राउन्ड पनि हो । अघिल्लो चरणमा पुग्नका लागि चुनौति हरु छन् र चुनौति सामना गर्न हामी तयार छौं । पछिल्लो समय हाम्रो ब्याटिङ पक्ष सन्तोष जनक थिएन् । यो बीचमा हामीले खेलेको शृंखलामा त्यो पक्षलाई सुधार गरेका छौं, जसले गर्दा खेलाडीको रिदम फिर्ता आएको छ । अमेरिका भ्रमणमा हामीले ब्याटिङबाटै जित आत्मसात गर्छौं,’ कप्तान लामिछानेले भने, ‘१२ वटा मात्र खेल खेलेका छौं । सबैले हाम्रो तालिका हेर्दा तल हरेको लाग्न सक्छ । हामीले अझै २४ खेल खेल्न बाँकी छ । अहिलेको अवस्थामा सबैले उत्तिकै मिहिनेत गरि राख्नु भएको छ । प्रशिक्षकले भनिरहनु भएको छ, एसोसियट राष्ट्रमा यतिको बलियो टोली कुनै पनि छैन । अहिलेको अवस्थामा सुधार आवश्यकता भन्दा पनि हामीलाई मानसिक हिसाबमा सिद्ध गर्नु पर्ने रहेको छ । पहिलो पटक नेपाली टोली अमेरिका भ्रमण शृंखला खेल्नका लागि जाँदै छ । तयारीलाई राम्रोसँग सदुपयोग गरेका छौं । धेरै भन्दा धेरै खेलमा जित निकाल्ने लक्ष्यमा हामी रहेका छौं ।’

पहिलो पटक शृंखलाका लागि नेपाली टोली अमेरिका भ्रमण गर्न लागेको हो । नेपालले अमेरिका भ्रमण गर्दा आयोजक अमेरिका र ओमानसँग त्रिकोणात्मक शृंखला खेल्नेछ । शृंखला पूर्व नेपाली टोली अमेरिकामा त्यहाँका दुई क्लबसँग अभ्यास खेल खेल्ने तालिका समेत रहेको छ । नेपाली टोलीलाई सम्हालेका मुख्य प्रशिक्षक पुबुदु दशानायकेले नेपाली टोली तयारी राम्रो भएको सुखद नतिजा निकाल्नमा आपूm आशावादी रहेको प्रतिक्रिया दिनु भयो ।

‘नेपाल भित्रको अभ्यासमा हामीले तयारी राम्रो गरेका छौं । पछिल्ला ५÷६ साता टोलीले निकै मिहिनेत गरेको छ । यो बीचमा हामीले आपसमा धेरै खेल पनि खेल्यौं । अभ्यास थालनी गर्दा हामीले युवा खेलाडीमा केन्द्रीत रहेर अभ्यास थालेका थियौं । टोलीको प्रदर्शनमा म विश्वस्त पनि छु । यो मिहिनेतले हामीले एक दिवसीय मान्यतालाई गुमाउने छैनौं । अमेरिका भ्रमणलाई सार्थक बनाउँदै हामी तालिका स्थान सुधार गर्न चाहन्छौं । शृंखला टोलीको पक्षमा आउनेमा म आशावादी छु ।’

लिग–२ शृंखला अन्तर्गत नेपालले पहिलो खेल ओमानसँग जुन नौं तारिखमा खेल्नेछ । त्यसपछि जुन ११ मा नेपाली टिमले अमेरिकासँग खेल्नेछ भने जुन १४ मा ओमानसँग दोस्रो खेल खेल्ने तालिका रहेको छ । यस्तै जुन १५ मा अमेरिकासँग दोस्रो खेल्ने छ ।

आईसीसी विश्वकप लिग–२ प्रतिस्पर्धा गरिरहेका ७ टिमले ३६ वटा म्याच खेल्नु पर्छ । अहिलेसम्म ३२ म्याच खेलेको ओमानले १९ खेलमा जित र १ खेलमा बराबरी गर्दा १ खेल भने नतिजा विहीन बनेको थियो । ओमान ४० अंकसहित शीर्ष स्थानमा रहेको छ । यसैगरी स्कटल्याण्ड २४ अंकसहित दोस्रो स्थानमा रहँदा युएई २२ अंकसहित तेस्रो स्थानमा रहेको छ । १२ खेल खेलेको नेपाल अहिले छैटौं स्थानमा छ । पपुवा न्युगिनीले २० खेलमा प्रतिस्पर्धा गर्दा एक मात्र जित निकाल्दै २ अंक जोडेर तालिकाको पुुछारमा छ । अमेरिका पाँचौं स्थानमा छ भने नामिविया चौथो स्थानमा रहेको छ । ७ मध्य शीर्ष ३ मा पर्ने टिमले अर्को वर्ष हुने विश्वकप क्रिकेटको छनोटका लागि स्थान बनाउने छन् ।