२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन म जहिल्यै हार्नेको सर्पोटर ! यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन कर्णाली मन्त्रिपरिषद्ः छ निर्देशनालय र तीन प्रशिक्षण केन्द्रको पुनःसंरचना गर्दै रास्वपा बागमती प्रदेश अधिवेशनः जेठ ३० गते मतदान इरानको रोक्का रकम युद्ध प्रभावित खाडीको पुनः निर्माणमा प्रयोग गरिने जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिष्ठानमा कृष्णप्रसाद भट्टराईको नाम जोडिएकोप्रति प्रेस चौतारी नेपालको आपत्ति



अ+ अ-

काठमाडौं । प्रेस चौतारी नेपालले सरकारले गठन गर्न लागेको आमसञ्चार प्रशिक्षण प्रतिष्ठानमा कृष्णप्रसाद भट्टराईको नाम जोडिएकोप्रति आपत्ति जनाएको छ ।

चौतारीले एक विज्ञप्तिमार्फत सरकारले नीति तथा कार्यक्रममार्फत गलत तथ्यहरू प्रस्तुत गरेर आमसञ्चार क्षेत्रलाई प्रभावित पार्ने गलत उद्देश्यका साथ कार्यक्रम ल्याउनु आफैंमा निन्दनीय विषय भएको भन्दै ध्यानाकर्षण भएको जनाएको हो ।

महासचिव हिरामान लामाद्वारा जारी गरिएको विज्ञप्तीमा सरकारले नीति तथा कार्यक्रममार्फत गलत तथ्यहरू प्रस्तुत गरेर आमसञ्चार क्षेत्रलाई प्रभावित पार्ने गलत उद्देश्यका साथ कार्यक्रम ल्याउनु आफैंमा निन्दनीय विषय भएको भन्दै ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

‘हामीसहित सबै संघ–संस्थाहरुको विरोधपछि राजनीतिक उदेश्यबाट मुक्त भएर ‘आमसञ्चार प्रतिष्ठान’ नै कायम राख्ने सहमति भएको हो । तर सरकारले यो सहमतिलाई समेत लत्याएर फेरि गलत इतिहासलाई बैधता दिने र राजनीतिकरण गर्ने दुश्प्रयास गरेको छ । हामी यस गलत कामका विरुद्ध सचेत भई आवाज उठाउन आमसञ्चारकर्मी, सञ्चारजन्य संघ संस्था र सरोकारवाला निकाय सवैलाई हार्दिक आह्वान गर्दछौं । साथै नियोजित रुपमा गरिएको यो गलत निर्णय तत्काल सच्याउन सरकारसँग जोडदार माग गर्दछौं ।’ विज्ञप्तीमा भनिएको छ ।