२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

संयुक्त राष्ट्रसंघका महासचिवद्वारा अफगानिस्तानमा भएको आतङ्कवादी हमलाको निन्दा



अ+ अ-

न्युयोर्क । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अफगानिस्तानमा भर्खरै भएको आतङ्कवादी आक्रमणको निन्दा गर्नुभएको छ । आक्रमणमा हजारा शिया समुदायका सदस्यहरू र अन्य नागरिकको ज्यान गएको थियो ।

महासचिवले अफगानिस्तानको मजार-ए-शरीफ शहरमा यात्रुवाहक सवारी साधनहरू र काबुल शहरको मस्जिद शरीफ हजरत जकारिया मस्जिदलगायत भर्खरै भएका आक्रमणहरूको निन्दा गर्दै दुःख व्यक्त गर्नुभएको महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले विज्ञप्तिमार्फत सार्वजिनक गर्नुभएको छ। गुटेरेसले पीडित परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ।

उहाँले जातीय र धार्मिक अल्पसंख्यक लगायत नागरिकको संरक्षणका साथै स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सबै पक्षलाई आह्वान गर्नुभएको छ ।

महासचिवले जातीय र धार्मिक अल्पसंख्यक लगायत नागरिकको संरक्षणका साथै स्वतन्त्र रूपमा आफ्नो धर्मको पालना गर्ने अधिकार सुनिश्चित गर्न पनि सबै पक्षहरूलाई आह्वान गर्नुभएको छ।

अफगानिस्तानमा तालिबान शासनको विरोध गर्दै आएको इस्लामिक स्टेट (आईएस) समूहले गरेको शृङ्खलाबद्ध बम आक्रमणबाट प्रभावित भएको बेला यो भनाइ सार्वजनिक भएको हो ।

काबुलमा बुधबार साँझको प्रार्थनाका क्रममा मस्जिदमा भएको विस्फोटमा कम्तीमा पाँच जना उपासकको मृत्यु हुनाको साथै अन्य १७ जना घाइते भएका थिए।

बुधबारको विष्फोटमा काबुलको प्रहरी जिल्ला (पीडी) ४ मा साँझको नमाजको क्रममा मस्जिदमा विस्फोट हुँदा कम्तिमा पाँच उपासकको मृत्यु भएको थियो र अन्य १७ जना घाइते भएका थिए। हजरत-ए-जेकरिया मस्जिदमा मानिसहरू प्रार्थना गरिरहेका बेला विस्फोट भएको थियो।

मजार-ए-शरीफको तीनवटा भ्यान/बसमा लगातार विस्फोटन हुँदा नौ जनाको मृत्यु हुनाका साथै अन्य १५ जना घाइते भएका थिए ।