एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) टी-ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई पराजित गरेको छ ।
सोमबार दुबईमा भएको खेलमा कोलकताले बैंगलोरमाथि ९ विकेटले जित हात पारेको हो ।
जितको लागि ९३ रनको सामान्य लक्ष्य पछ्याएको कोलकाताले १० ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो ।
कोलकताको जितमा सुबमन गिलले ४८ रन बनाए । उनले ३४ बलमा ६ चौका र १ छक्का प्रहार गरे । डेब्यू खेल खेलेका बायाँ हाते युवा ओपनर भेंकटेश ऐर २७ बलमा ७ चौका र १ छक्का सहित ४१ रनमा अविजित रहे ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको बेंगलोर १९ ओभरमा ९२ रनमा अल आउट भएको थियो ।
बेंगलोरका देवदत्त पाडिक्कलले सर्वाधिक २२ रन बनाए । कप्तान विराट कोहली, एवि डिभिलियर्स र ग्लेन म्याक्सवेल जस्ता प्रमुख ब्याट्सम्यान चल्न नसकेपछि बेंगलोर सस्तैमा समेटिएको थियो ।
कोलकाताका वरुण चक्रवर्तीले ४ ओभरमा १३ रन खर्चेर ३ विकेट लिए । यस्तै लोकी फर्गुसनले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए भने आन्द्रे रसेलले ३ ओभरमा ९ रन खर्चेर ३ विकेट लिए ।
आज पञ्जाब किंग्स र राजस्थान रोयल्सले प्रतिस्पर्धा गर्दैछन् । खेल साँझ ७ः४५ बजे सुरु हुनेछ ।