१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंको नयाँ बस्तीमा ढलले बगाएर एक महिला बेपत्ता



अ+ अ-

काठमाडौं । काठमाडौंको नयाँ बस्तीमा ढलले बगाएर एक महिला बेपत्ता भएकी छिन् ।

सोमबार बेलुका करिब साढे सात बजेतिर ठूलो पानी परिरहेको अवस्थामा बाटो हिँडिरहेकी अन्दाजी ४० वर्षकी एक महिला चिप्लिएर ढलमा खस्दा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

यद्यपि उनको परिचय खुल्न सकेको छैन । प्रहरीले उनको खोजी जारी राखेको जनाएको छ ।