१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख बिरुद्ध एमाले अध्यक्ष ओलीले दायर गरेको रिटको सुनुवाई हुँदै



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल सहित १४ सांसदलाई गरेको कारबाही कार्यान्वयनको माग गर्दै दायर गर्नु भएको रिटको आज पनि सर्बोच्च अदालतमा सुनुवाई हुँदैछ ।
न्यायाधीशद्वय दीपक कार्की र कुमार चुडालको संयुक्त इजलासमा मुद्दाको सुनुवाई हुन लागेको हो । सोमबार बाट रिट माथी सुनुवाई सुरु भएको हो ।    आजको सुनुवाई पछि रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा आदेश हुने छ ।

एमाले अध्यक्ष ओलीले निर्वाचन आयोग र सभामुख अग्नि सापकोटा र कर्णाली प्रदेसमा सभामुख विरूद्ध छुट्टाछुट्टै तीन वटा रिट दायर गर्नुभएको छ । १४ जना सांसदलाई पार्टीले कारबाही गरेपछि सभामुखले सांसद पद निलम्बन गर्नु पर्नेमा नगरेको भन्दै रिट दायर गर्नुभएको थियो ।

रिटमा नेकपा एमालेले १४ जना प्रतिनिधिसभा सदस्यहरूलाई गरिएको कारबाहीलाई कार्यान्वयन नगरी उन्मुक्ति दिने गरी विपक्षीहरूबाट भएको आदेश तथा निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी रिट निवेदक दलले गरेको कारबाही निष्कासनको निर्णय कार्यन्वयन गर्नूर गराउनू भनी विपक्षीहरूको नाममा परमादेश प्रतिषेधको आदेश जारी गर्न माग गरिएको छ ।