२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेयर कुट्ने स्थानीय पंगेनीमाथि मुद्दा नचलाउन बुटवल एमालेको आग्रह



अ+ अ-

रूपन्देही । बुटवल मेयर शिवराज सुवेदीमाथि मुक्का प्रहार गर्ने स्थानीय गणेश पंगेनीमाथि मुद्दा नचलाउन नेकपा एमाले बुटवल उपमहानगर कमिटीले आग्रह गरेको छ । सोमबार ज्योतिनगर क्षेत्रको पहिरो अवलोकनमा गएका मेयर शिवराज सुवेदीमाथि स्थानिय स्थानीय गणेश पंगेनीले मुक्का प्रहार गरेका थिए । 

घटनाको आलोचना गर्दै एमाले नगर अध्यक्ष बाबुराम पन्थीले आक्रमण गर्ने व्यक्तिविरूद्ध मुद्दा चलाउन दबाब नदिने बताएका हुन् । घटनाको विरोध तथा दोषीलाई अनुसन्धानमा ल्याउन दबाब आएपछि सोमबार साँझ नै उनी पक्राउ परेका छन् । 

आइतबार रातिदेखिको लगातार वर्षाका कारण चुरेबाट पहिरो खसेको हो । पहिरोका कारण यति लामो समय आफूहरु विस्थापित हुँदा मेयर कहाँ थिए भनेर आक्रोश पोख्दै ति स्थानीय स्थानीय गणेश पंगेनीले मेयर सुवेदीमाथी मुक्का प्रहार गरेका थिए । 

यो पनि पढ्नुहोस्:

आक्रमणपछि बुटवलका मेयरले भने 'हामी बिच्चलित भएका छैनौं'