१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सलमान र कटरिना ‘टाइगर ३’को सुटिङका लागि अष्ट्रियाका अनौठो ठाउँमा पुगे



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता सलमान खान र अभिनेत्री कटरिना कैफ हाल अष्ट्रियामा छन् । 

उनीहरु पूर्वी युरोपको अष्ट्रियाको आजसम्म कहिल्यै देखा नपरेका स्थानहरुमा फिल्मको सुटिङका लागि गएका हुन् । 

फिल्म ‘टाइगर ३’को सुटिङ विभिन्न स्थानहरुमा गरिँदैछ । सलमान र कटरिनाले त्यस्तो स्थानमा सुट गर्दैछन् जुन स्थान आजसम्म देखा परेको छैन । 

यी स्थानहरुमा सुटिङ सकाएपछि सम्पूर्ण टिम आजै बेलुका भिएनाको यात्रामा निस्कनेछन् । 

‘टाइगर ३’मा सलमान र कटरिनाका अलावा इमरान हाशमी पनि मूख्य भूमिकामा छन् ।