काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोट अन्तर्गत दोस्रो खेलमा नेपालले आज (मंगलबार) हङकङविरुद्ध खेल्दैछ ।
उज्वेकिस्तानको जेएआर स्टेडियममा खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।
बलियो टोली हङकङविरुद्ध मैदानमा उत्रने नेपालको सुरुवाती–११ सार्वजनिक भएको छ ।
मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले रेनुका नगरकोटीको कप्तानीमा फिलिपिन्सविरुद्ध खेल्ने सुरुवाती–११ को घोषणा गरेका हुन् ।
नेपालले एक खेलाडी परिवर्तन गरेको छ । डिफेन्डर विमला बिक सुरुवाती–११ मा पर्दा पुजा रानालाई भने बेन्चमा राखिएको छ ।
नेपालको सुरुवाती–११
गोलकिपर – अन्जिला सुब्बा
डिफेन्डर – अमृता जैशी, गीता राना, विमला बिक, हिरा कुमारी भुजेल
मिडफिल्डर – सरु लिम्बु, रेनुका नगरकोटी, मन्जली कुमारी योन्जन
फरवार्ड – प्रिती राई, सबिता राना, विमला चौधरी