१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको सुरुवाती–११ सार्वजनिक



अ+ अ-

काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोट अन्तर्गत दोस्रो खेलमा नेपालले आज (मंगलबार) हङकङविरुद्ध खेल्दैछ ।

उज्वेकिस्तानको जेएआर स्टेडियममा खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

बलियो टोली हङकङविरुद्ध मैदानमा उत्रने नेपालको सुरुवाती–११  सार्वजनिक भएको छ । 

मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले रेनुका नगरकोटीको कप्तानीमा फिलिपिन्सविरुद्ध खेल्ने सुरुवाती–११ को घोषणा गरेका हुन् ।

नेपालले एक खेलाडी परिवर्तन गरेको छ । डिफेन्डर विमला बिक सुरुवाती–११ मा पर्दा पुजा रानालाई भने बेन्चमा राखिएको छ ।

नेपालको सुरुवाती–११

गोलकिपर – अन्जिला सुब्बा

डिफेन्डर – अमृता जैशी, गीता राना, विमला बिक, हिरा कुमारी भुजेल

मिडफिल्डर – सरु लिम्बु, रेनुका नगरकोटी, मन्जली कुमारी योन्जन

फरवार्ड – प्रिती राई, सबिता राना, विमला चौधरी