५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहान खाली पेटमा ल्वाङ खाँदा स्वास्थ्यलाई हुन्छ यस्तो फाइदा, हेर्नुहोस्



अ+ अ-

काठमाडौं । हाम्रो भान्सामा ल्वाङ भोजनको स्वाद बढाउन प्रयोग गरिन्छ । तर स्वास्थ्यका लागि पनि ल्वाङ उपयोगी छ । बिहान उठ्नेबित्तिकै दुईवटा ल्वाङ राम्ररी चपाएर एक गिलास मनतातो पानी पिउनुस् । यहाँ हामी ल्वाङका केही फाइदाहरू बताउनेछौं । ल्वाङ इम्युनिटी बूस्टर हो ।

१) यसले रुघाखोकी, गलाको खसखस र ज्वरोबाट जोगाउन सहायता गर्छ ।

२) यसमा भएको एन्टी–ब्याक्टेरियल र एन्टी–फंगल गुणले गर्दा कोरोना संक्रमणबाट बचाउन पनि सहयोग गर्छ ।

३) शरीरका सबै हानिकारक ब्याक्टेरिया यसले नष्ट गर्छ । 

४) यसको एन्टी–इन्फ्लेम्मेटरी गुणले कलेजोबाट सबै विषाक्त तत्त्व बाहिर निकाल्छ । उसले कलेजो सुन्निन दिँदैछ । 

५) छाती पोलेमा वा एसिडिटी भएमा दुईवटा ल्वाङ चुस्नुस् । ल्वाङ हालेको चिया पिउँदा पेटका समस्या भाग्छन् । 

६) यसमा भएको एन्टी–अक्सिडेन्ट तत्त्वले रगतमा ग्लुकोन नियन्त्रणमा राख्छ र इन्सुलिन उत्पादनलाई प्रोत्साहन गर्छ । मधुमेहका रोगीहरूका लागि यसको सेवन लाभदायक हुन्छ । 

७) ल्वाङको चियाले मेटाबोलिक रेट बढाउँछ । यसले गर्दा तौल नियन्त्रणमा रहन्छ । बोसो घटाउन पनि यो लाभदायक छ ।