© 2023
वालिङ, (स्याङ्जा) । यहाँका दुई दाजुभाइले व्यावसायिक रूपमा काँक्रोेखेती थाल्नुभएको छ । स्याङ्जाको आँधीखोला गाउँपालिका–६ टिकाजा घर भई पोखरा बस्दै आउनुभएका सन्तोष पौडेल र दीपेन्द्र पौडेलले फेदीखोला गाउँपालिका–४ ठूलाखेतमा व्यावसायिक रूपमा काँक्रोेखेती सुरू गर्नुभएको हो । ठूलाखेतमा नौ रोपनी जग्गा भाडामा लिएर आफूहरूले व्यवसाय थालेको व्यवसायी सन्तोष पौडेलले बताउनुभयो ।