७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन

व्यावसायिक काँक्रोखेतीमा रमाउँदै पौडेल दाजुभाइ

व्यावसायिक काँक्रोखेतीमा रमाउँदै पौडेल दाजुभाइ
अ+ अ-

वालिङ, (स्याङ्जा) । यहाँका दुई दाजुभाइले व्यावसायिक रूपमा काँक्रोेखेती थाल्नुभएको छ । स्याङ्जाको आँधीखोला गाउँपालिका–६ टिकाजा घर भई पोखरा बस्दै आउनुभएका सन्तोष पौडेल र दीपेन्द्र पौडेलले फेदीखोला गाउँपालिका–४ ठूलाखेतमा व्यावसायिक रूपमा काँक्रोेखेती सुरू गर्नुभएको हो ।

ठूलाखेतमा नौ रोपनी जग्गा भाडामा लिएर आफूहरूले व्यवसाय थालेको व्यवसायी सन्तोष पौडेलले बताउनुभयो । कृषिबाटै राम्रो आम्दानी गर्न सकिने देखेपछि संस्थागत विद्यालयमा माध्यमिक तहको शिक्षकको जागीरलाई चटक्कै छाडेर सन्तोष व्यावसायिक रूपमा कृषिखेतीमा होमिनुभएको हो ।

“यसपटक नौ रोपनी जमिन सबैमा काँक्रोेमात्रै लगाएका छौँ”, उहाँले भन्नुभयो, “काँक्रोेको उत्पादन लिन सुरू गरेका छौँ ।” यहाँ उत्पादन भएको काँक्रोे अहिले स्थानीय बजार तथा सिद्धार्थ राजमार्गको छेउछाउका पसलबाट सहजै बिक्री हुने गरेको छ । यहाँ उत्पादन भएको काक्रो खरिदका लागि स्थानीय व्यापारीहरू खेतमै आएर लैजाने गरेका छन् । स्थानीय बजारमा उत्पादित काक्रो बिक्री भइरहेकाले अन्यत्र लैजान नपरेको उहाँले बताउनुभयो ।

“जमिनमा जुनसुकै बाली/सागसब्जी लगाए पनि एक पटकमा एउटै मात्र लगाउँछौँ”, उहाँले भन्नुभयो, “एउटामा बालीमा भएको रोग अर्कोमा नसर्ने र एकैपटक एउटै मात्र उत्पादन लिँदा परिमाण धेरै हुने र बजार मूल्य पनि राम्रो पाइने भएकाले एक पटक, एउटा बाली अभियानअनुसार अगाडि बढ्छौँ ।”

यहाँ अहिले कर्मा, किङसार र स्टारविजजस्ता तीन वटा हाइब्रिड जातका काक्रो लगाइएको छ । यसपटक लगाएको काक्रोको उत्पादन लिइसकेपछि दोस्रो चरणमा सबै जमिनमा अर्को बाली लगाउने र वर्षौंभरि जमिन खाली नराख्ने योजनामा रहेको उहाँले बताउनुभयो । अरु बेला दुई दाजुभाइले सँगसँगै काम गर्ने र आवश्यक पर्दा कामदार लगाउने गर्नुभएको छ ।

काक्रो लगाउनका लागि हालसम्म मलखाद, मल्चिङ प्लास्टिक, तार, जाली, कामदार ज्याला, औषधि उपचार, उपकरणलगायतमा रु दुई लाख खर्च भएको उहाँले बताउनुभयो । “ठूलो परिमाणमा व्यावसायिक काक्रोखेती गरिएकाले १०० दिनमा ३० टन काक्रो उत्पादन गरी बिक्री गर्ने लक्ष्य रहेको छ”, उहाँले भन्नुभयो, “बजार भाउ यकिन हुँदैन अहिले प्रतिकेजी रु ६०–७५ का दरले बिक्री भइरहेको छ, मूल्य स्थिर नभई घटबढ हुनसक्छ ।” सोही ठाउँमा तीन हजार कुखुरापालनका लागि आधुनिक फर्म निर्माण कार्य भइरहेको छ । अब छिट्टै व्यावसायिक सागसब्जीसँगै व्यावसायिक कुखुरापालनलाई पनि अगाडि बढाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।

“कृषिलाई प्रविधिसँग जोड्न सकिएन भने लागत बढ्न जाने भएकाले लागत कम गर्नका लागि एकदमै सचेत भएर प्रविधिको प्रयोगमा जोड दिएर अगाडि बढेका छौँ”, उहाँले भन्नुभयो, “आफूहरूले थालेको कृषि कर्मप्रति निक्कै सन्तुष्टि मिलेको छ, कृषि पेसामा रमाइरहेका छौँ, भोलिका दिनमा पनि रमाएरै लाग्छौँ ।”

प्रेरणादायी युवा उद्यमशीलता देख्दा हर्ष लागेको फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो । “फेदीखोला गाउँपालिकाले न्यूनतम समर्थन मूल्यको व्यवस्थापन गर्दै उत्पादनमा आधारित अनुदान उपलब्ध गराउँछ”, उहाँले भन्नुभयो, “आवश्यक प्राविधिक सहयोगमार्फत यस्ता व्यावसायिक प्रयासलाई साथ दिन पालिका कटिबद्ध छ, उत्पादनमूलक अर्थतन्त्रतर्फको यात्रामा हामीसँगै छौँ ।” रासस