१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सिचुआन एअरलाइन्सको चार्टर्ड विमान पोखरामा

पोखरा: चीनको सिचुआन प्रान्तको राजधानी छन्तुबाट आएको सिचुआन एअरलाइन्सको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । विमान पोखरामा आइतबार र सोमबार हुने दोस्रो अन्तर्राष्ट्रिय ड्रागन डुंगा दौड प्रतियोगिता–२०२४ का लागि आएका खेलाडी, अधिकारीहरु गरेर १२९ यात्रु लिएर आएको हो । विमान बिहान सवा १० बजे अवतरण गरेको थियो ।