© 2023
सल्यान । सल्यानको कपुरकोट गाउँपालिका वडा नं ३ को चोरखोलामा गाडी दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाबाट दाङ घोराही जाँदै गरेको लु २ प ६५०२ नम्बरको फोर्स गाडी दुर्घटनामा परेको हो । मृत्यु हुनेमा २ जना पुरुष र १ जना महिला छन ।