सल्यान । सल्यानको कपुरकोट गाउँपालिका वडा नं ३ को चोरखोलामा गाडी दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाबाट दाङ घोराही जाँदै गरेको लु २ प ६५०२ नम्बरको फोर्स गाडी दुर्घटनामा परेको हो ।
मृत्यु हुनेमा २ जना पुरुष र १ जना महिला छन । यस्तै दुर्घटनामा अन्य २ जना गम्भीर घाइते भएका छन ।
५ जना सवार गाडी बिहान ४ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
घाइतेहरुको उद्धार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि नेपालगन्ज रेफर गरिएको छ ।










