१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अख्तियारमा उजुरी परेपछि लिस्बनको बाणिज्यदूत कार्यालय बन्द

काठमाडौं । पोर्चुगलको लिस्बनमा रहेको अवैतनिक नेपाली महावाणिज्यदूतको कार्यालय बन्द भएको छ । त्यहाँस्थित नेपाली महावाणिज्यदूत मकरबहादुर हमालका विरुद्धमा अनियमितताको आरोपमा अख्तियारमा उजुरी परेपछि सो महावाणिज्यदूतको कार्यालय बन्द भएको हो । नेपाल सरकारले उनलाई सन् २०१४ मा अवैतनिक वाणिज्यदूत नियुक्त गरेको थियो र पछि बढोत्तरी गरेर महावाणिज्यदूत बनाएको थियो ।