९ भाद्र २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कपिलवस्तुमा पाँच सय पाँच जनालाई झुल वितरण

कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका–६ का स्थानीयवासीलाई लामखुट्टेको टोकाइबाट बचाउन झुल वितरण गरिएको छ । वडा कार्यालयद्वारा आयोजित कार्यक्रममा पाँच सय पाँच जनालाई झुल वितरण गरिएको वडाध्यक्ष माहेताब आलम खाले जानकारी दिनुभयो । उहाँका अनुसार वृद्ध, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, महिला तथा गर्भवतीलाई प्राथमिकता दिई झुल वितरण गरिएको हो ।