५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
वातावरण संरक्षण पुरस्कार महानिर्देशक कँडेललाई

ललितपुर। ‘औतारी रिन्पोचे नावाङ तेन्जिङ लामा वातावरण संरक्षण पुरस्कार’ राष्ट्रिय निकुञ्ज तथा वन्जन्तु संरक्षण विभागका महानिर्देशक डा रामचन्द्र कँडेललाई प्रदान गरिएको छ । तेन्जिङ हिलारी एभरेस्ट म्याराथनद्वारा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रियसभा सदस्य सोनाम ग्याल्जेन शेर्पाले महानिर्देशक कँडेललाई रु तीन लाख सात हजार ७७७ को राशीको पुरस्कार प्रदान गर्नुभयो ।