१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी News Polar युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक

वातावरण संरक्षण पुरस्कार महानिर्देशक कँडेललाई

वातावरण संरक्षण पुरस्कार महानिर्देशक कँडेललाई
अ अ+ अ-

ललितपुर। ‘औतारी रिन्पोचे नावाङ तेन्जिङ लामा वातावरण संरक्षण पुरस्कार’ राष्ट्रिय निकुञ्ज तथा वन्जन्तु संरक्षण विभागका महानिर्देशक डा रामचन्द्र कँडेललाई प्रदान गरिएको छ ।

तेन्जिङ हिलारी एभरेस्ट म्याराथनद्वारा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रियसभा सदस्य सोनाम ग्याल्जेन शेर्पाले महानिर्देशक कँडेललाई रु तीन लाख सात हजार ७७७ को राशीको पुरस्कार प्रदान गर्नुभयो ।

पुरस्कार हस्तान्तरण गर्दै राष्ट्रियसभा सदस्य शेर्पाले राष्ट्रिय निकुञ्ज भएको कारण सगरमाथा र खुम्बु क्षेत्र बाँचिरहेको बताउनुभयो । “कसैले राष्ट्रिय निकुञ्जको विरोध गर्यो भने मेरो चित्त दुख्छ, वातावरण बचाउन राष्ट्रिय निकुञ्जलाई बचाउनु पर्छ, अब संरक्षणलाई कसरी अगाडि बढाउने भनेर हामीले ध्यान दिनुपर्छ, राष्ट्रिय निकुञ्ज पुस्तौँपुस्तासम्म बचाएर राख्नुपर्छ, राजनीति गरेर एकले अर्कोलाई नटेर्ने र समन्वय नगर्ने अवस्था हुनुहुँदैन, हाम्रोबीचमा भएका समस्यालाई समाधान गरौँ”, उहाँले भन्नुभयो ।

पुरस्कार ग्रहणसँगै महानिर्देशक कँडेलले जीवनमा गरेका पवित्र कार्यको मूल्याङ्कन भएकामा प्रकृतिको सृष्टिप्रति सम्मान गर्दै संरक्षणमा क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो।

उहाँले सानैदेखि समाजले आत्मसम्मान गर्ने खालका काम गर्न आफूलाई मन लाग्ने गरेको बताउँदै स्थानीय समुदायसँग मिलेर सहज ढङ्गले संरक्षणका क्षेत्रमा काम गर्न सकिने धारणा राख्नुभयो । उहाँले प्राप्त गरेको पुरस्कार कुनै संस्थामार्फत संरक्षणका क्षेत्रमा परिचालन गर्ने जानकारी गराउनुभयो ।

तेन्जिङ हिलारी एभरेस्ट म्याराथनका संस्थापक अध्यक्ष विक्रम पाँडे काजीले ट्रेकिङ, म्याराथन र संरक्षणका क्षेत्रमा काम गर्ने उद्देश्यका साथ पुरस्कारको स्थापना गरिएको बताउनुभयो । उहाँले पर्यटन क्षेत्रको प्रवर्द्धन गर्न चाहने व्यक्ति भएकाले पर्यावरण बचाउने प्रयासस्वरूप पुरस्कार स्थापना गरिएको जानकारी गराउनुभयो । रासस