© 2023
काठमाडौँ। रसुवा, उत्तरगया गाउँपालिका–१ तिरुमा वर्षासँगै आएको पहिरोले ११ वटा घर तथा गोठमा पूर्ण र आंशिक क्षति पुर्याएको छ । शुक्रबार राति करिब १० बजे काजुलाबाट पहिरो आएर घर तथा गोठमा क्षति पुगेको हो । उक्त पहिरोबाट ६५ जना विस्थापित भएका छन् । उक्त पहिरोबाट कुनै मानवीय क्षति भएको छैन