© 2023
काठमाडौँ: राष्ट्रिय समाचार समिति (रासस) का पूर्व वरिष्ठ सम्पादक मोहिनी मिश्रको ५६ वर्षका उमेरमा ‘क्यान्सर’ रोगबाट निधन भएको छ । ललितपुर महानगरपालिका वडा १८ निवासी समाजसेवी मिश्रको मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको उहाँको पारिवारिक स्रोतले जनाएको छ । उहाँ विगत दुईवर्षदेखि पेट सम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो ।